
काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १६ गुणाले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ८ लाख रुपैयाँ कमाएको थियो ।
८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको नयाँ नेपाल लघुवित्तले जगेडाकोषमा ३ करोड ५३ लाख रुपैयाँ छुटाएको छ । यस लघुवित्तले निक्षेपमा १४ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ७७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ ।
नयाँ नेपाल लघुवित्तको खुद व्याज आम्दानी १११ दशमलव ११ प्रतिशतले बढेर ३ करोड ८६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिमा १६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । लघुवित्तले खुद व्याज आम्दानी तथा संचालन मुनाफा बढाएको हुदाँ नाफा पनि बढेको हो ।
नयाँ नेपाल लघुवित्तको निष्कृय कर्जा १ दशमलव १२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव १९ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव ९० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २७ दशमलव ६७ गुणा, तरलता अनुपात ८ दशमलव ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४२ दशमलव १० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस