aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

१४ वाणिज्य बैंकहरुको शेयरमूल्य ३०० भन्दा तल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
१४ वाणिज्य बैंकहरुको शेयरमूल्य ३०० भन्दा तल

 काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको वाणिज्य बैंकहरुको शेयरमूल्य निकै तल आएको छ । चैत २३ गतेसम्मको तथ्याङ्क अनुसार कारोबार सुचारु रहेका २३ बैंकहरुमध्य १४ बैंकहरुको शेयरमूल्य ३०० रुपैयाँभन्दा तल झरेको हो । 

यो मूल्य रहेका बैंकहरुमा एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, बैंक अफ काठमाण्डूू, सन्राइज बैंक, मेगा बैंक, एनसीसी बैंक, कुमारी बैंक, सिभिल बैंक र सेन्चुरी बैंक रहेका छन् । 

सूचीकृत २६ वाणिज्य बैंकहरुमध्य नेपाल बङ्गलादेश बैंक, नेपाल इनभेन्टमेन्ट बैंक र हिमालयन बैंकको शेयर कारोबार भने मर्जर तथा प्राप्ती प्रकृयाका लागि रोक्का रहेको छ । वाणिज्य बैंकहरुमध्य सर्वाधिक शेयरमूल्य नबिल बैंकको रहेको छ । नबिल बैंकको शेयरमूल्य चैत २३ गते भने रू. ९६५ कायम भएको छ । 


 

प्रतिक्रिया दिनुहोस