aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
बैंकहरूमा एक दिनमै ५ अर्ब डिपोजिट थपियो, २ अर्ब ऋण दिए

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) अभाव बढ्दै गएको छ । तरलता अभावकै कारण अहिले बैंक तथा वित्तीय संस्थाहहरू नयाँ ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चैत २२ गतेसम्म वाणिज्य बैंकहरूको कर्जा र निक्षेपबीचको अन्तर (सीडी रेसियो) ९० दशमलव ५८ प्रतिशत छ । यसले पनि अहिले बैंकहरू चरम तरलता अभावमा छन् भन्ने संकेत गर्छ । 

राष्ट्र बैंकले बैंकहरूलाई सीडी रेसियो असार मसान्तसम्म ९० प्रतिशतभन्दा तल झार्न दिर्देशन दिएको छ । तर, अहिलेसम्म यी बैंकहरूले सीडी रेसियो राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्न सकेका छैनन् । 

तर, चैत २२ गते एक दिनमा बैंकहरूमा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । 

उक्त दिन वाणिज्य बैंकहरूमा मात्र ३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको राष्ट्र बैंकले जनाएको छ । तर, यतिधेरै बैंक तथा वित्तीय संस्थाहरूमा ५ अर्ब रुपैयाँ हातिको मुखमा जिराजस्तै हुने बैंकर बताउँछन् । 

हालसम्म बैंक तथा वित्तीय संस्थामा ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४७ खर्ब २ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । यसमध्ये वाणिज्य बैंकहरूको मात्र ४३ खर्ब ४३ अर्ब निक्षेप संकलन र ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । 

प्रतिक्रिया दिनुहोस