aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनसीसी बैंकको २६ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
एनसीसी बैंकको २६ लाख ६३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर विक्री विक्रीमा आएको छ । कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको हो । यो शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । 

उल्लेखित शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमो उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस