
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा १ करोड ९१ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १०० दशमलव ०८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ९५ लाख रुपैयाँ कमाएको थियो ।
९ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिथिला लघुवित्तले जगेडाकोषमा ४ करोड ७८ लाख रुपैयाँ छुटाएको छ । यस लघुवित्तले निक्षेपमा २४ करोड ९४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ९४ करोड ८२ लाख रुपैयाँ लगानी गरेको छ ।
मिथिला लघुवित्तको खुद व्याज आम्दानी ३४ दशमलव ८८ प्रतिशतले बढेर ५ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२३ दशमलव ०७ प्रतिशतले बढेर २ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ ।
मिथिला लघुवित्तको निष्कृय कर्जा २ दशमलव ३३ प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ०२ प्रतिशत, प्रतिशेयर आम्दानी १९ दशमलव ३८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २० दशमलव ८० गुणा, तरलता अनुपात ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४८ दशमलव ३९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस