aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मर्जको हल्ला चलिरहेको मेगा बैंककी सिइओद्धारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
मर्जको हल्ला चलिरहेको मेगा बैंककी सिइओद्धारा राजीनामा

काठमाडौं। विभिन्न बैंकहरुसँग मर्जको हल्ला चलेको मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ)अनुपमा खञ्जेलीले पदबाट राजीनामा दिइकी छिन् ।  

कार्यकाल सकिन ४ दिन बाँकी छँदा उनले राजीनामा गरेकी हुन्। मेगा बैंक बैंक, अफ काडमाण्डू, सिभिल बैंक मर्जको हल्ला बजारमा आइरकेका बेलामा मेगा बैंकबाट सिइओले राजीनामा दिएपछि बजारमा थप चर्चा बढेको छ । 

मेगा बैंकमा उच्च तहको व्यवस्थापनमा महिला रहेका छन् । उक्त बैंकको  सञ्चालक समितिले खुञ्जेलीको नियुक्ती नवीकरण नगर्ने भएपछि उनले राजीनामा गरेको बताइएको छ । सञ्चालक समितिले आफूलाई सम्पर्क समेत गर्न नचाहेकाले आफूले राजीनामा दिएको (सिइओ)अनुपमा खञ्जेलीले बताइन । 

प्रतिक्रिया दिनुहोस