aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एलसीमा गरिएको कडाइपछि बैंकहरूमा डिपोजिट बढ्न थाल्यो, पछिल्ला दुई दिनमा १४ अर्ब डिपोजिट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
एलसीमा गरिएको कडाइपछि बैंकहरूमा डिपोजिट बढ्न थाल्यो, पछिल्ला दुई दिनमा १४ अर्ब डिपोजिट

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) अभाव हुँदै गएकोमा प्रतितपत्र (एलसी)मा गरिएको कडाइले राहात दिन थालेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई विलासिताका वस्तुमा एलसी नखोल्न निर्देशन दिएसँगै डिपोजिटमा सकारात्मक प्रभाव देखिन थालेको हो । विगतका दिनमा डिपोजिट समेत घटिरहेको अवस्थामा पछिल्ला केही दिनयता डिपोजिट बढ्न थालेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले पनि आफ्ना बैंकका शाखाहरूलाई गाडि तथा अन्य विलासिताका वस्तुमा दिइने कर्जामा रोक लागउँन भनिसकेका छन् ।  

नेपाल राष्ट्र बैंकको पछिल्ला दुई दिनका तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थामा १४ अर्ब रूपैयाँ डिपोजिट भएको छ । राष्ट्र बैंकका अनुसार चैत २२ गते ५ अर्ब रुपैयाँ डिपोजिट भएको थियो भने त्यसको भोलिपल्ट चैत २३ गते ९ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा आएको छ । 

बैंक तथा वित्तीय संस्थामा चैत २३ गतेसम्म ४९ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ४७ खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । उक्त अवधिसम्म निक्षेप र कर्जाबीचको अनुपात (सीडी रेसियो अनुपात) ९० दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो दिन ९० दशमलव ५८ प्रतिशत थियो । 

पछिल्लो समय अनुत्पादक क्षेत्रमा बैंकहरूबाट कर्जा प्रवाह बढी भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले पनि त्यसलाई रोक्न आवश्यक रहेको बताउँदै आएका छन् । विलासिताका वस्तुमा भन्दा उत्पादनशिल क्षेत्रमा बैंकले कर्जा प्रवाह गर्नुपर्ने मन्त्री शर्माले विभिन्न कार्यक्रममा बोल्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस