
एजेन्सी । नयाँ आर्थिक वर्षको पहिलो बैठकमा रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले रिपो दरलाई ४ प्रतिशतमा अपरिवर्तित राखेको छ भने रिभर्स रिपो दर ०.४० प्रतिशतले बढाएको छ । रिभर्स रेपो दर अहिले ३.७५ प्रतिशत हरेको थियो । आरबीआईका गभर्नर शक्तिकान्त दासले सबै सदस्यको सहमतिमा यो निर्णय लिइएको बताए । उनले विश्वव्यापी बजार आपूर्ति श्रृंखलाका कारण दबाबमा रहेको पनि बताए ।
रिपो दर भनेको बैंकहरूले रिजर्व बैंकबाट ऋण प्राप्त गर्ने दर हो । अर्कोतर्फ, रिभर्स रेपो दरले उल्टो गर्छ । अर्थात् रिभर्स रेपो दर भनेको बैंकहरूले रिजर्भ बैंकमा पैसा राख्दा ब्याज पाउने दर हो ।
आरबीआईले भारतको जिडीपी वृद्धि यस आर्थिक वर्ष २०२२–२०२३ को वृद्धिको प्रक्षेपण ७.२ प्रतिशत राखेको छ । त्यसैगरी, मुद्रास्फीति दर आर्थिक वर्ष २०२२÷२३ मा ४.५ प्रतिशतबाट बढेर ५.७ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस