aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सहकारीको ब्याजदर सीमा तोकियो, निक्षेपमा १० र कर्जामा १६ प्रतिशत तय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
सहकारीको ब्याजदर सीमा तोकियो, निक्षेपमा १० र कर्जामा १६ प्रतिशत तय

काठमाडौं । सहकारी संस्थाहरुको ब्याजदर सीमा तोकिएको छ । सहकारी विभागले साउन १९ गतेदेखि लागू हुने गरी सहकारी संस्थाको ब्याजदर सीमा तोकिएको हो ।
ब्याजदर निर्धारण समितिको सिफारिसमा सहकारीले कर्जा लगानी गर्दा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । त्यस्तै बचत तथा कर्जाको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गरिएको छ । 
उक्त ब्याजदर प्रत्येक ३–३ महिनामा पुनरावलोकन हुनुपर्ने छ । यो ब्याजदर साउन १९ गतेबाट देशभरका सहकारीमा लागू हुने सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले जानकारी दिए । निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याज दिनुपर्नेछ भने ऋणीबाट बढीमा १६ प्रतिशत ब्याज लिन पाउने विभागले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस