काठमाडौं । सरकारलाई सहयोग नगरेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय गरेको छ । गभर्नरलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिने निर्णय गरेको हो । गभर्नर अधिकारीले सरकारका निर्णय चुहाएको र सरकारलाई असहयोग गरेको आरोप लागेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
सरकारलाई सहयोग नगरेको विषय लामो समयदेखि अर्थमन्त्री र गभर्नरबीचमा घोचपेच चलिरहेको थियो । गत विहीबारको मन्त्रिपरिषद्को बैठकमा नै चर्चाको विषय बनेको अर्थमन्त्रालयका एक कर्मचारीले बताए ।
उनले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनेको थियो । सोहि छानविन कमिटी बनाएरसँगै उनी निलम्बनमा परेका हुन् । छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस