aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंक खातामा रकम नभएको चेक काट्ने प्रकाश खरेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
बैंक खातामा रकम नभएको चेक काट्ने प्रकाश खरेल पक्राउ

काठमाडौं । बैंकमा पैसा नभएको चेक काट्ने प्रकाश खरेल पक्राउ परेका छन् । खरेलले काभ्रेपलाञ्चोक पनौती नगरपालीका वडा नं ८ बस्ने लक्ष्मी कार्कीले दिएको जाहेरवालाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।  प्रकाश खरेललाई आफूले लिएको ऋण तिर्नको लागि  असी लाखको चेक दिएको र उक्त चेक भएको बैंक खातामा रकम नभएको उनले बताएको प्रहरीले जनाएको छ । 

 उक्त चेक सटहीको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको र निज प्रतिवादी लक्ष्मी कार्कीले बैक खातामा रकम नभएको भन्ने जानी जानी चेक काटेर दिएको आरोप लगाएकी छिन ।  

 जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सहयोगमा काभ्रेपलाञ्चोक पनौती नगरपालीका वडा नं ८ बाट नियन्त्रणमा लिई काठमाण्डौ ल्याई शुक्रबार उच्च अदालत पाटन, ललितपुरबाट दिन ७ दिनको को म्याद लिई महानगरीय प्रहरी परिसरबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

        

प्रतिक्रिया दिनुहोस