aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ बैशाख २०७६
सनराइज बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स

काठमाडौं  । सनइज बैंक र एशियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स  सम्बन्धि सम्झौता भएको छ । बैंकास्योरेन्स    सम्झौता अनुसार सन्राइज बैंकले देश भर रहेका १०४ वटै शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु बिक्रि गर्न  सक्ने कम्पनीले जनाएको छ । 

सनइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत  रत्नराज बज्राचार्य र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  राजेश कुमार श्रेष्ठले  बैंकास्योरेन्स  सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए।टि।एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि। रहेको छ ।

प्रतिक्रिया दिनुहोस