aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतीय बैंकहरुले मुद्दती खाताको व्याजदर घटाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ चैत्र २०७८
भारतीय बैंकहरुले मुद्दती खाताको व्याजदर घटाए

एजेन्सी । भारतको सरकारी बैंक इन्डियन ओभरसीजले मुद्दती खाता(एफडी)को ब्याज घटाएको छ । बैंकले ब्याजदर ०.४० प्रतिशतसम्म घटाएको छ । नयाँ दरहरू अप्रिल ११ देखि लागू हुनेछन् । यसअघि पञ्जाब नेशनल बैंकले आफ्नो बचत खाताको ब्याज घटाएको थियो ।

पञ्जाब नेशनल बैंकले आफ्नो बचत खाताको ब्याज घटाएर अब १० लाख रुपैयाँभन्दा कम मौज्दात भएका बैंक खाताको ब्याजदर २.७५ प्रतिशतबाट २.७० प्रतिशतमा झारेको छ । त्यस्तै, १० लाख देखि ५०० करोड सम्म रुपैयाँ भारुसम्मको ब्यालेन्समा २.७५ प्रतिशत वार्षिक ब्याज पाउनुहुनेछ । यो पनि ०.०५ प्रतिशतले घटेको छ । नयाँ दरहरू ४ अप्रिल २०२२ देखि लागू भएको हो । 

त्यस्तै, एसबीआइ बैंकले भारतीय बैंकहरुमा ७ दिनदेखि ३५ दिनसम्मको मुद्दती खातामा ३ प्रतिशत मात्र व्याज दिने भएका छन् । ४६ दिनदेखि ९० दिनको मुद्दतीमा ३.५०देखि ३.९० प्रतिशत व्याज पाउने छन् भने  ९१देखि १७९ दिनको मुद्दती खातामा ४देखि ४.४० प्रतिशत व्याज पाउने भएका छन् । 

त्यस्तै,  १८० दिनदेखि १ वर्षको मुद्दती खातामा पैसा राख्नेले ४.५०देखि ४.९० प्रतिशत व्याज पाउने छन् भने १ वर्षदेखि २ वर्षसम्मको मुद्दती खातामा ५.१५ प्रतिशत व्याजदर पाउने छन् । 

प्रतिक्रिया दिनुहोस