aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

म्यानको चुनावमा नविल बैंकका अध्यक्ष र बैंकले पाए सर्वाधिक मत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ चैत्र २०७८
म्यानको चुनावमा नविल बैंकका अध्यक्ष र बैंकले पाए सर्वाधिक मत

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को निर्वाचनमा नविल बैंकका अध्यक्ष तथा नेपाल बैकर्स संघका पूर्वअध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले सार्वधिक मत पाएर विजयी भएका छन् । शनिबार भएको म्यानको प्रबन्धक समितिको निर्वाचनमा व्यक्तिगततर्फ पौड्यालले सर्वाधिक मत पाएका हुन  

 काठमाडौंमा शनिबार भएको म्यानको २०औं प्रबन्धक समितिको व्यक्तिगत र संस्थागततर्फको निर्वाचनमा व्यक्तिगतमा पौड्याल र संस्थागतमा नविल बैंकले सर्वाधिक मत पाएको  थियो। लाइफ र जेनरल सदस्य तर्फबाट ११ जना विजयी भएका छन्। व्यक्तिगततर्फ १९ जनाबीच प्रतिस्पर्धा भएको थियो। 

प्रतिक्रिया दिनुहोस