aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गभर्नर निलम्बनबारे पाँच वित्तीय संघले गरे विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ चैत्र २०७८
गभर्नर निलम्बनबारे पाँच वित्तीय संघले गरे विरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरिएको निलम्बनबारे पाँच वित्तीय संघले विरोध जनाएको छ । संघले सयुक्तरुपमा विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेकोबारे विरोध जनाएको हो । 

आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले विरोध जनाएको हुन् । 

पाँच वटै संघले जारी गरेको सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रिय बैंकको स्वायत्ततालाई सम्मान गर्दै राष्ट्र बैंक प्रतिको हस्तक्षेप बन्द गर्न र निराधार आरोपहरुको आधारमा शुरु गरिएको नेपाल राष्ट्र बैंकका गभर्नर माथीको कारबाही अबिलम्ब फिर्ता गरिनु पर्छ ।’ 


 

प्रतिक्रिया दिनुहोस