aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता अभाव छः कामु गभर्नर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता अभाव छः कामु गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलताको समस्या रहेको बताएकी छिन् । सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा बोल्दै कायममुकायम गभर्नर ढुङ्गानाले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेको छ । बैंकिङ क्षेत्र तरलताको चापबाट गुज्रिरहेकाले केही समय धैर्य गर्नु पर्ने हुन्छ ।’   

उनले तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्रमा समस्या देखिएको बताईन् । व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने उनले बताइन् ।

त्यस्तै, लघुवितले वित्तीय पहुँचबाट वञ्चित भएका समुदायलाई वित्तीय पहुँच पु¥याएर स्वरोजगार बनाएको बताउँदै उनले भनिन्, ‘अहिले लुघुवित्तले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नुपरेको छ । सधैँभरि सहज परिस्थिति हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ ।’  
 

प्रतिक्रिया दिनुहोस