काठमाडौं । पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन बढेको छ । चैत्र १८ गतेलदेख २५ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुले तीन अर्ब रुपैयाँ निक्षेप थपिएको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र १८ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ३१ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप बढेर चैत्र २५ गतेसम्म आइपुग्दा ४३ खर्ब ३४ अर्ब रुपैयाँ रुपैयाँ पुगेको छ ।
त्यस्तै, यस अवधिमा बैंकहरुले दुई अर्ब रुपैयाँ बर्जा प्रवाह गरेका थिए । चैत्र १८ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर चैत्र २५ गतेसम्म आइपुग्दा ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।
चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप चैत्र ११ गतेसम्म दुई अर्बले बढेर ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको थियो । त्यस्तै, यस अवधिमा बैंकहरुले निक्षेप संकलन भन्दा बढी कर्जा प्रवाह गरेका थिए । तीन हप्ताको अवधिमा वाणिज्य बैंकहरुले सात अर्ब कर्जा प्रवाह गरेको थिए ।
संघको तथ्यांक अनुसार चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकामा उक्त कर्जा प्रवाह बढेर चैत्र ११ गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको थियो । त्यस्तै, चैत्र १८ गतेसम्म उक्त कर्जा प्रवाह बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस