काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बनका बारेमा जनार्दन शर्माले छानविन कमिटीले रिपोर्टबाट आउने रिपोर्टबाट थाहा हुने बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारमा आयोजित पत्रकार सम्मेलनमा उठेको प्रश्नको जवाफ दिँदै उनले गभर्नरको कानुनसम्मत भएको समेत दावी गरेका छन । उनले छानविन कमिटी बनिसकेको अवस्थामा गभर्नर निलम्बनबारे धेरै कुरा भन्न नमिल्ने बताए ।
उनले भने, कमिटीलाई सबै अधिकार दिएको छ । उनले के के गरे के गर्न हुने गरे वा गर्न नहुने गरे रिपोर्ट दिनेछ । अर्थतन्त्रमा आउँदै गरेको संकटका बारेमा आफूले पाँच महिना नै राष्ट्र बैंकदेखि सबै निकायलाई सचेत रहन भनेको तर, काम नगरेको उनले आरोप लगाए । यसमा कसको दोष अर्थमन्त्रलयको को राष्ट्र बैंकको भन्दै प्रति प्रश्न गरेका थिए ।
प्रतिक्रिया दिनुहोस