
काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १११औँ शाखा ललिपुरको भैसेपाटिमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा, लकर सेवा प्रदानगर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
नयाँ शाखाको साथलक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १११शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्टतथा ५८ शाखा रहित बैंकिङ्गएजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा बैंकका शाखा संख्या ११ पुगेको छ ।
यो शाखाका साथ लक्ष्मी बैंकले बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस