काठमाडौं । मंगलवार नेप्सेमा सिभिल बैकको ऋणपत्र सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सिभिल बैंक डिवेञ्चर २०८८ डिबेञ्चर नामक ऋण सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस