aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा लगानी गर्न सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युतमा लगानी गर्न सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा मोदी जलविद्युत कम्पनीबीच सम्झौता भएको छ । ४२ मेगावाट क्षमताको कास्कीको अन्नपुर्ण गाउँपालिकामा अवस्थित माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्न शर्त/समझदारी सम्बन्धी पत्रमा हस्ताक्षर भएको हो । 

माथिल्लो मोदी ए जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा सहवित्तीयकरण अन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको छ । मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत प्राधिकरण रहनेछ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रुपैयाँ रहने जानकारी गराईएको छ ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस