aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३० चैत्र २०७८
सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाईफ होमलाई आर्थिक सहयोग गरेको छ । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको हो ।  

बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । एक समारोहका बीच बैंकले दुई लाखको चेक संस्थाका संचालक राज कुमार पुन लाई हस्तान्तरण गरेको छ ।

बेबी लाईफ होममा रहेका २६ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राज कुमार पुनले जानकारी दिए ।    

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस