aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०१ बैशाख २०७९
नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोवार गर्ने सम्बन्धी एक सम्झौतामा भएको छ । बुधबार भएको सम्झौतामा नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थिहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । 

विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ्ग सुबिद्याहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा  छुट प्रदान गरिने छ भने विश्वविद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट÷क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने छ । 

 विश्वविद्यालयको आबश्यकता अनुसार थप बैंकिङ्ग सेवा सुबिद्या उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा  विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र  नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए ।
 
इटहरीमा आयोजित एक समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसंगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसंग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गर्दै  भविश्यमा विश्वविद्यालय र बैंक बीचको यो सम्बन्ध थप सुदृठ हुंदै जाने विश्वास व्यक्त गरे ।

 विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले नेपाल बैंक लिमिटेड पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताउदै विश्वविद्यालय र बैंकलाई अझ व्यवसायिक उचाईमा कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे । 

 बैंकका  प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीले वित्तीय  कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालय प्रति हार्दिक आभार व्यक्त गरेका थिए । नेपाल बैंक समय संगै गतिशिल बन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको उल्लेख गर्दै उहाँले नेपाल बैंकका उर्जाशिल कर्मचारीहरु र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्कीरहेको र सम्पूर्ण ग्राहकहरुलाई अझै उत्कृष्ट स्तरको  वित्तीय सेवा प्रदान  गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गर्नु भएको थियो । 

उक्त कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा.कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्रा.डा.निनराज ढकाल,पाठ्यक्रम विकास केन्द्र प्रमुख प्रा.डा.मेदनी प्रसाद शर्मा लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । त्यसैगरि नेपाल बैंक १ नं प्रदेश कार्यालय प्रमुख श्री सुर्य प्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायत मोरङ्ग र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका बिभिन्न शाखाका शाखा प्रबन्धकहरु साथै कर्मचारीहरुको पनि उक्त समारोहमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस