aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सेञ्चुरी कर्मशियल बैंकलाई ऋणपत्र निष्कानस गर्न बोर्डको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०२ बैशाख २०७९
सेञ्चुरी कर्मशियल बैंकलाई ऋणपत्र निष्कानस गर्न बोर्डको अनुमति

काठमाडौं । सेञ्चुरी कर्मशियल बैंकले २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डबाट चैत २९ गते अनुमति पाएको हो । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।  कुल कित्ता मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको १३ लाख २० हजार कित्ता ब्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी दिएको छ । 

कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षको लागि ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट स्वीकृती पाएको हो । 
 

प्रतिक्रिया दिनुहोस