
काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नारायणदास मानन्धरलाई निरन्तरता दिएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिले मानन्धरलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो ।
यस बैंकको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका मानन्धर बैंकमा विगत १२ वर्षदेखि प्रमुख कार्यकारी पदमा कार्यरत छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल भएको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस