aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, ५०० जना सहभागी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ बैशाख २०७९
एनएमबि बैंकको हेरिटेज वाक सम्पन्न, ५०० जना सहभागी

काठमाडौं । एनएमबि बैंकले शनिवारको दिन एनएमबि भवन एनएमबि बैंक बबरमहलबाट नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्षपछि आयोजना गरिएको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागी सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बसन्तपुर डवलीमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरु गरी लगभग ५०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित उक्त डवली क्षेत्रसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाईटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४,५,६ र ७ मा समेत गरीएको छ । प्रदेश १ मा विराटनगर शाखा देखी पिण्डेश्वरी मंदिर, मधेष प्रदेश (प्रदेश नं. २) मा विरगंज शाखादेखि गहवा माई मंदिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी भद्रकाली मंदिर, प्रदे्रश ५मा ट्राफिक चोक शाखादेखी जीतगढी किल्ला र सुदूर पश्चिम प्रदेशमा बजार क्षेत्र परिक्रमा गरी विभिन्न मंदिरहरु सरसफाई गरेको छ । 
    
उक्त हेरिटेज वाकमा साँस्कृतिक सम्पदालाई आफ्नो बच्चालाई जत्तिनै माया गरौं, यो मेरो साँस्कृतिक सम्पदा हो यसलाई म सफा राख्छु,साँस्कृतिक सम्पदा संरक्षण भावी सन्ततीको लागि मार्गदर्शन, अतिथीको सम्मानार्थ साँस्कृतिक सम्पदाको जगेर्ना, ब् ल्बतष्यल’क ज्भचष्तबनभ चभकष्मभक ष्ल तजभ ज्भबचत बलम कयग िया ष्तक एभयउभि, ध्भ कतबलम तयनभतजभच तय उचभकभचखभ यगच ज्भचष्तबनभ लगायतका नारा अंकित प्ले कार्डहरु थियो ।

उक्त कार्यक्रममा ंंंंंंनेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर  माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वको चर्चा गरेका थिए । 

एनएमबि बैंकका सञ्चालक समितिका सदस्य  उत्तम भ्लोनले स्वागत मन्तव्य दिनु भएको थियो साथै एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत  सुनिल के.सीले सांस्कृतिक सम्पदा हाम्रो राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न हामी हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए ।  

विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस