aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ बैशाख २०७९
३३ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३३ करोड रुपैयाँ विभिन्न वित्तीय संस्थामा राख्ने भएको छ । एक वर्षे मुद्दती खातामा राख्नका लागि आज राष्ट्र बैंकले सूचना जारी गरेको छ ।  वाणिज्य बैंकमा २६ करोड ४० लाख रुपैयाँ, विकास बैंकमा ४ करोड ९५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा एक करोड ६५ लाख रुपैयाँ मुद्दती खातामा राख्ने भएको छ । 

उक्त रकम मुद्दती खातामा राख्नका लागि वित्तीय संस्थाहरुले आफ्ना विभिन्न प्रक्रिया र सर्तहरु पालना गर्न पर्ने छ । यसका लागि वित्तीय संस्थाहरुले यहि बैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस