काठमडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्ममा १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ४६ दशमलव ४४ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिसम्ममा ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले विवरणमा उल्लेख गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६०.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६१.५९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४८.९६ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ११ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
पछिल्लो ९ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष घटेको छ । चुक्तपूँजी तेस्रो त्रैमासको अन्त्यसम्ममा ९६ करोड ४४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा उक्त पूँजी ८७ करोड ६८ लाख रुपैयाँ थियो ।
त्यस्तै जगेडा कोष १५ करोड २४ लाख कायम भएको छ । गत आवको सोही अवधिमा यो कोषमा १५ करोड २६ लाख रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस