aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०५ बैशाख २०७९
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्काशन गर्न लागेको RBBL Debenture, 2089 ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने सम्बनधमा सोमबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन् ।     

बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँको दरले कुल ५ अर्ब रुपैंया (५० लाख कित्ता) मूल्य बराबरको दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ ।  

RBBL Debenture, 2089 नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।  केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+Is रेटिङ्ग प्रदान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस