aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

महालक्ष्मी विकास बैंकको नाफा करिब ७७ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ बैशाख २०७९
महालक्ष्मी विकास बैंकको नाफा करिब ७७ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महिनाको अवधिमा महालक्ष्मी विकास बैंकको नाफा करिब ७७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा वृद्धि भएको हो । 
गत आवको तेस्रो त्रैमाससम्ममा यो बैंकले ४० करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बैंकको नाफा ७१ करोड ४२ लाख रुपैयाँ भएको हो । 

त्यस्तै बैंकको वितरणयोग्य नाफा ७७ प्रतिशतले वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमाससम्म यस्तो नाफा ४५ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा २५ करोड ७६ लाख रुपैयाँ थियो । 

बैंकले खराब कर्जा घटाउन सफल भएकाले पनि नाफा वृद्धि हुनमा टेवा पुगेको हो । यो बैंकको गत आवको तेस्रो त्रैमाससम्म खराब कर्जा ४ दशमलव ४४ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर २ दशमलव ८९ प्रतिशत कायम भएको छ । 

त्यस्तै जगेडा कोषमा पनि रकम बढेको छ । गत असार मसान्तसम्म जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा चालू आवको चैत मसान्तसम्म १ अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ । ९ महिनाको अवधिमा १६ करोड ३१ लाख रुपैयाँ जगेडा कोषमा रकम थपिएको हो ।  
चैत मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २३ रूपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ शुन्य ४ पैसा छ । 
 

प्रतिक्रिया दिनुहोस