
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमा आजदेखि सुनुवाई हुने छ । अर्थमन्त्रालयले गभर्नर अधिकारीले सरकारलाई सहयोग नगरेकोभन्दै निलम्बन गरेको थियो ।
उक्त निलम्बन र्गैरकानुनी भएको भन्दै गभर्नर अधिकारीले सोमबार सवोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि मंगलबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको हो ।
सरकारले छानबिन समिति बनाएर निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको छ ।
गभर्नर अधिकारीले रिट निवेदनमा गैरकानूनी, बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरि आफूलाइए निलम्बन गरेको दावी गरेका छन् । निलम्बित गभर्नर अधिकारीले भने, ‘आफूले राष्ट्र बैंकमा नियुक्त भएको दिनदेखि आफ्नो बलबुताले भ्याएसम्म देशको अर्थतन्त्रलाई सहयोग पर्याउने प्रय्रत्न गरेको छु । देशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि आफूले सरकारलाई पनि सहयोग नै गरेको जस्तो लाग्छ ।’ निलम्बित गभर्नर अधिकारीले आफूमाथि जाँचबुझ र छानविन गर्नुपर्ने कुनै कारण समेत नभएको सार्वोच्चमा दायर गरेको रिटमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस