
काठमाडौं । वैशाख २ गतेदेखि निष्कासनमा रहेको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिमसम्ममा २२ लाख १६ हजार ६१३ जनाले आवेदन दिएका छन । मागभन्दा बढी आवेदन परेकाले आज बैंकिङ समयभित्र २ करोड ४६ लाख ७५ हजार ५१० कित्ता शेयर आवेदन परेको हो । जसबाट २ अर्ब ४६ करोड ७५ लाख ५१ हजार रुपैयाँको आवेदन परेको छ ।
कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्तामध्ये ३ लाख ६९ हजार ४८८ कित्ता आईपीओ सर्वसाधारणमा निष्कासनमा ल्याएको थियो । कुल कित्तामध्ये कम्पनीले ६ हजार ८२ कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको छ ।
आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस