aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

लक्ष्मी बैंकको नाफा ३३ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ बैशाख २०७९
लक्ष्मी बैंकको नाफा ३३ प्रतिशत घट्यो

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा र घटेको छ। 

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ३१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ६३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३० दशमलव १५ प्रतिशत घटेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५ दशमलव ५२ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस