aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रभु बैंकको खुद नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ बैशाख २०७९
प्रभु बैंकको खुद नाफा घट्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म प्रभु बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा १६ दशमलव ९१ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

चालु आवको चैत मसान्तसम्ममा  बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि बैंकको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२ दशमलव ७२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६ दशमलव २२ प्रतिशत घटेको छ। गत वर्षको तुलनामा यस वर्ष इम्पेरमेन्ट चार्ज कम रिभर्स भएका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर १८ रुपैयाँ ३९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ४१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १५ दशमलव १२ गुणा रहेको छ।

पछिल्लो ९ महिनामा बैंकको चुक्ता पूँजी १२ प्रतिशत बढेको छ भने जगेडा कोष ८ दशमलव ९४ प्रतिशत बढेको छ। 

प्रतिक्रिया दिनुहोस