काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकको औषत नाफा ०.५४ प्रतिशतले बृद्धि भएको छ । बैंकहरुको नाफा घट्ने आँकलन गरिएको भएन पनि औषतमा बढेको हो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको कूल नाफा ५० अर्ब ७४ करोड रुपैयाँ रहेको थियो । उक्त नाफा बढेर चालू आवको सोहि अवधिसम्म ५१ अर्ब एक करोड पुगेको हो । एक वर्षको अन्तरालमा ०.५४ प्रतिशतले वाणिज्य बैंकहरुको नाफा बढेको देखिन्छ ।
बैंकहरुले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासीक वित्तीय विवरण हेर्दा २७ वाणिज्य बैंकहरुमध्ये १२ वटा वाणिज्य बैंकहरुको नाफा भने घटेको देखिन्छ । यसमा पनि सबैभन्दा बढी लक्ष्मी बैंकको नाफा घटेको छ । यस बैंकको नाफा ३३ प्रतिशतले घटेको छ । लक्ष्मी बैंकको तेस्रो त्रैमाससम्म खराब कर्जा बढेको देखिन्छ । त्यसैगरि, यस बैंकको कर्मचारी तलब भत्ता पनि बढेको छ । जसले गर्दा यसको नाफामा गिरावट आएको हो ।
त्यस्तै, यस अवधिमा सबैभन्दा बढी सेन्चुरी कमर्शियल बैंकको नाफा बढेको छ । जसको नाफा १८३ प्रतिशतले बढेको हो । यस बैंकले तेस्रो त्रैमाससम्म खराब कर्जा घटाएको छ । त्यस्तै, यस बैंकको सञ्चालन मुनाफासंगै खुद ब्याज आम्दानी पनि बढेको छ ।
हेर्नुहोस्, वाणिज्य बैंकहरुको वित्तीय विवरण

प्रतिक्रिया दिनुहोस