
काठमाडौं । देशभरि २९ हजार भन्दाबढी सहकारीहरु सञ्चालनमा रहेका छन् । सहकारी विभागको तथ्याङक अनुसार अहिले देशभर विभिन्न क्षेत्रसँग सम्बन्धित सञ्चालनमा रहेका सहकारीको संख्या २९ हजार ८८६ रहेका छन । जसबाट ८ हजार ३०९ जनाले प्रत्यक्ष रोजगारी पाएको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार सञ्चालन रहेका उक्त सहकारीहरुको कुल सदस्य संख्या ७३ लाख ७ हजार ४६२ रहेका छन् । ती सहकारीको कुल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ । सञ्चालनमा रहेको सहकारीहरुको बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, सहकारीहरुको कुल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार रुपैयाँ रहेको छ ।
सहकारी विभागको मातहतमा रहेका सहकारीको संख्या १२५ रहेको छ । जसबाट ९१३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । विभागिय नियमन क्षेत्र भित्र रहेका सहकारीहरुमा कुल सदस्य संख्या १ लाख ३५ हजार ९०८ रहेको छ । उक्त सहकारीको कुल शेयर पुँजी ३२ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको छ । उक्त सहकारीको कुल बचत संकलन ३३ अर्ब ५३ करोड ९२ लाख ४० हजार रुपैयाँ रहेको छ भने कुल ऋण लगानी २३ अर्ब ७८ करोड ३७ लाख ७४ हजार रुपैयाँ रहेकोे छ ।
विभागको तथ्याङक अनुसार कुल जनसंख्याको २१.१८ प्रतिशत मानिसहरु सहकारीमा आवद्ध भएका छन् । जसमा महिला ५६.८५ प्रतिशत र पुरुष ४३.१५ प्रतिशत रहेका छन । देशभरि सञ्चालनमा रहेका सहकारीहरुमध्ये सबैभन्दा बढी सहकारी संघसंस्थाहरु बागमती प्रदेशमा रहेका छन् । कुल सहकारीको ३५ प्रतिशत सहकारी बागमती प्रदेशमा सञ्चालनमा रहेका छन् भने सबैभन्दा कम ७ प्रतिशत सहकारीहरु कर्णाली प्रदेशमा सञ्चालनमा रहेका छन् ।
प्रदेश नम्बर १
सहकारी विभागको तथ्याङक अनुसार हाल प्रदेश नम्बर १ मा ४ हजार ७३७ वटा सहकारीहरु रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा २० हजार ६८५ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ५ लाख २४९ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी ८ अर्ब २० करोड २ लाख ८७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन ४१ अर्ब २१ करोड ४२ हजार रुपैयाँ रहेको छ भने, कुल ऋण लगानी ३८ अर्ब ९५ करोड २९ लाख १५ हजार रुपैयाँ रहेको छ ।
मधेस प्रदेश
विभागका अनुसार मधेस प्रदेशमा सञ्चालनमा रहेका सहकारीको संख्या ४ हजार १५३ रहेको छ । जसमा कुल सदस्य संख्या ५ लाख ५५ हजार १९७ रहेका छन्, भने १० हजार ८४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । मधेस प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी २ अर्ब ३६ करोड ५२ लाख ४६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीको बचत संकलन २३ अर्ब १९ करोड ९६ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कुल लगानी १ ५अर्ब ५करोड ११ लाख ९८ हजार रुपैयाँ रहेको छ ।
बागमती प्रदेश
विभागका अनुसार हाल बागमती प्रदेशमा १० हजार ४१८ सहकारीहरु सञ्चालनमा रहेका छन् । जसमा कुल सदस्य संख्या २७ लाख १७ हजार ४६९ रहेका छन्, भने ३३ हजार ८९२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । बागमती प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी ५१ अर्ब ४० करोड ६४ लाख २७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीले बचत संकलन २ खर्ब १४ अर्ब ६६ करोड २२ लाख ५ हजार रुपैयाँ गरेका छन । कुल लगानी १ खर्ब ९९ अर्ब ८६ करोड ४७ लाख २४ हजार रुपैयाँ रहेको छ ।
गण्डकी प्रदेश
हाल गण्डकी प्रदेशमा २ हजार ६७१ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा ७ हजार ६३८ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ११ लाख १६ हजार ६३२ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी २२ अर्ब ५ करोड ९ लाख ६७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन ४६ अर्ब ७ करोड ४५लाख ७१ हजार रुपैयाँ रहेको छ । कुल ऋण लगानी ८८ अर्ब ३७ करोड ८० लाख ६१ हजार रुपैयाँ रहेको छ ।
लुम्बिनी प्रदेश
विभागका अनुसार लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका सहकारीको संख्या ३ हजार ७५५ रहेका छन । जसमा कुल सदस्य संख्या ८ लाख ९८ हजार ६११ रहेका छन् । जसले ६ हजार ९८९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । लुम्बिनी प्रदेशमा रहेका सहकारीहरुको कुल शेयर पुँजी ५ अर्ब ८२ करोड २२ लाख ९७ हजार रुपैयाँ रहेको छ । त्यस्तै, उक्त सहकारीको बचत संकलन ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार रुपैयाँ रहेको छ । कुल लगानी ४० अर्ब ८० करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ ।
कर्णाली प्रदेश
सहकारी विभागको तथ्याङक अनुसार हाल कर्णाली प्रदेशमा १ हजार ९६७ वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट ४ हजार ५३४ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीको कुल सदस्य संख्या ४ लाख ४ हजार ९५६ रहेका छन् । त्यस्तै, सहकारीहरुको कुल शेयर पूँजी १९ अर्ब १८ करोड ८० लाख ७३ हजार रुपैयाँ रहेको छ । सहकारीको तथ्याङक अनुसार कुल बचत ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार रुपैयाँ रहेको छ । कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
सुदुपश्चिम प्रदेश
सुदुपश्चिम प्रदेशमा २ हजार ६० वटा सहकारीहरु सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा २ हजार ८१५ जनाले रोजगारी पाएका छन् । उक्त सहकारीमा ५ लाख ४२ हजार ९८९ जना सदस्यहरु रहेका छन् । त्यस्तै, सहकारीको शेयर पुँजी २ अर्ब १ करोड ५० लाख ८७ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल बचत संकलन १० अर्ब ४४ करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ । कुल ऋण लगानी ११ अर्ब ४९ करोड ९५ लाख ८५ हजार रुपैयाँ रहेको विभागको तथ्यांमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस