
तनहुँ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना २७ जना ग्राहक सदस्यलाई तरकारी खेतीसम्बन्धी तालिम लिएको छ । ५ गतेदेखि ७ गतेसम्म रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरमा “व्यवसायिक तरकारी खेती तालिम” तालिम दिएको हो । तालिममा प्रशिक्षक शिशिर अधिकारी, खेम राज भण्डारी,पवनकुमार श्रेष्ठ, विक्रम उपाध्याय, रामबहादुर आलेले दिएका थिए ।
करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेतीप्रविधि, फलवाला तरकारी खेतीप्रविधि, लहरे खेतीप्रविधिजरे तरकारी खेतीप्रविधि, कोसे तरकारी खेतीप्रविधिका बारेमा तालिम गराइएको थियो । उक्त तरकारी खेतीमा मलखादको प्रयोग, सिंचाई तथा ब्यवस्थापन, सागवाली खेती र बेमौसमी तरकारी खेतीप्रविधि, तरकारी वालीमा लाग्ने रोग तथा किराहरुको जानकारी गराइएको थियो । तरकारीको विषादी ब्यवस्थापन, तरकारी वालीमा उचितपोष्ट हार्भेष्ट, बेचबिखन (कसरी मूल्यपार्ने) तथा बजार ब्यवस्थापन सम्बन्धी पनि तालिम दिइएको संस्थाले जनाएको छ ।
तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठका अनुसार संस्थाले पाँचवर्षदेखि निरन्तर लघुवित्त सेवाप्रदान गरी रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नत गराउन यस्तो तालिम दिइएको हो ।
तालिमको दोश्रो दिनतालिममा सहभागीहरुलाई देवदह नगरपालिका—३, सिसपुर स्थित देवदह ग्रिनएग्रो रिसर्च एण्ड रिसोसको ५ विगाहामा फैलिएको कृषि फार्म तथा देवदह नगरपालिका पाँकरी वृक्ष नजदिकैको बुद्ध एग्रो ग्रुप एण्ड रिसर्चका सञ्चालक तथा व्यवसायिक कृषक सुशिला भट्टराईको सतचालिस कठ्ठामा फैलिएको एग्रीनेट हाउस अवलोकनगरेका थिए ।
यो सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको ७प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखाकार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवाप्रदान गर्दै आई रहेको छ । संस्थाले २०७८ चैत्र मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवाविस्तार गरेको छ । संस्थाले २०७८ चैत्रमसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. ४ अर्ब ५९ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु. १ अरब २५ करोड बचत परिचालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस