aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दुई दिनमै १२ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०८ बैशाख २०७९
दुई दिनमै १२ अर्बले घट्यो वाणिज्य बैंकहरुको निक्षेप

काठमाडौं । नयाँ वर्ष २०७९ सालको सुरुवात वाणिज्य बैंकहरुका लागि खराब बनेको छ । यस वर्षको पहिलो दुई दिनमै वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेको छ ।  

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ३० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर बैशाख २ गतेसम्म आइपुग्दा ४३ खर्ब ७७ अर्ब रुपैयाँमा सिमित बनेको हो ।

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । चैत्र ३० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख २ गतेसम्म आइपुग्दा ४१ खर्ब ९५ अर्ब रुपैयाँमा सिमित बनेको छ ।   
 

प्रतिक्रिया दिनुहोस