aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एनएमबि ५० को म्युचुअल फन्ड भर्ने समय थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
एनएमबि ५० को म्युचुअल फन्ड भर्ने समय थप

काठमाडौं । एनएमबि ५० ले बिक्री खुला गरेको १२ करोड इकाई म्युचुअल फन्डमा आवेदन दिने समय थप भएको छ । पहिलो चरणको समय बिहीबार (साउन १६ गते) सम्म आवश्यक मात्रमा आवेदन नपरेपछि समय लम्बिएको हो । समय थप भएपछि अब भदौ १० गतेसम्म आवेदन दिन सकिने छ ।

एनएमबि क्यापिटलले साउन १३ गतेदेखि ‘एनएमबि ५०’ को १२ करोड इकाई म्युचुअल फन्ड खुला गरेको हो । यसमध्ये बिज पुँजी वापत १४ प्रतिशत  कोष प्रवर्द्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

एनएमबि ५० मा प्रतिइकाई १० रुपियाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो तेस्रो म्युचुअल फन्ड हो । हाल एनएमबि हाइब्रिड फन्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड सञ्चालनमा रहेका छन् । सुलभ इन्भेष्टमेन्ट फन्ड भने असोज ३ गते परिपक्क हुन लागेको छ । 

प्रतिक्रिया दिनुहोस