
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमाससम्ममा आईपुग्दा खुद मुनाफा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा २१ दशमलव २५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ अर्ब ९० करोड ४० लाख रुपैयाँ कमाएको थियो ।
८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सिद्धार्थ बैंकको प्रिमियम १२ करोड २० लाख रुपैयाँ, रिटर्न अडिङ्ग १ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ र जगेडामा ४ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ छुटाएको छ ।
बैंकले निक्षेपमा १ खर्ब १४ अर्ब ९० करोड ४८ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ४ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । निक्षेपमा २१ द्यशमलव २७ प्रतिशतले र कर्जामा २५ दशमलव ३० प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३६ प्रतिशतले बढेर ४ अर्ब ६७ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २१ दशमलव ४७ प्रतिशतले बढेर ३ अर्ब ३१ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ५६ प्रतिशत, कोषको लागत ७ दशमलव ५४ प्रतिशत, सिसिडि रेसियो ७६ दशमलव ८५ प्रतिशत, आधार व्याजदर १० दशमलव ५७ प्रतिशत र स्प्रेड दर ४ दशमलव ०७ प्रतिशत रहेको छ ।
जसको प्रतिशेयर आम्दानी २४ दशमलव १८ रुपैयाँ, बजार मुल्य २६६ रुपैयाँ, मुल्य अनुपात ११ गुणा, नेटवर्थ १६३ दशमलव ८० रुपैयाँ र तरलता अनुपात २८ दशमलव ०८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस