aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अधिकांश वाणिज्य बैंकले घटाए खराब कर्जा, बढी हुनेमा राष्ट्रिय वाणिज्य बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ बैशाख २०७९
अधिकांश वाणिज्य बैंकले घटाए खराब कर्जा, बढी हुनेमा राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म २७ वाणिज्य बैंकहरूमध्ये अधिकांशले खराब कर्जा घटाउन सफल भएका छन् । गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा २७ बैंकमध्ये १६ वटाले खराब कर्जा घटाउन सफल भएका हुन् । बाँकी ११ वाणिज्य बैंकहरूको भने खराब कर्जा बढको छ । तर, यी ११ बैंकको खराब कर्जा बढेको भएपनि १६ बैंकको भन्दा केही हदसम्म खराब कर्जा कम रहेको तथ्यांकले देखाउँछ । 

नेपाल बैंकर्स संघका अनुसार सबैभन्दा बढी खराब कर्जा घटाउनेमा सेन्चुरी बैंक रहेको छ । गत वर्ष यो बैंकको खराब कर्जा २ दशमलव ९६ प्रतिशत भएकोमा यस वर्ष १ दशमलव ३६ प्रतिशत घटाएर १ दशमलव ६० प्रतिशतमा झारेको छ । यसरी सर्वाधिक खराब कर्जा घटाएकै कारण यो बैंकले १८३ प्रतिशत नाफा वृद्धि गरेको छ । 

त्यसैगरी यो अवधिसम्ममा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यो बैंकको चैत मसान्तसम्म ३ दशमलव शून्य ७ प्रतिशत खराब कर्जा रहेको छ । 

कर्जा लगानी बढ्दै गएपछि बैंकहरूलाई उठाउँन हम्मेहम्मे परेको देखिन्छ । नबिल बैंकको खरद कर्जा शून्य दशमलव ६६ प्रतिशतले वृद्धि भएको छ । यो बैंकको गत वर्ष शून्य दशमलव ४८ प्रतिशत खराब कर्जा भएकोमा यो वर्ष वृद्धि भएर १ दशमलव १४ प्रतिशत कायम भएको छ । 

कुन बैंकको कति खराब कर्जा ? 

प्रतिक्रिया दिनुहोस