aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

स्वरोजगार लघुवित्तको मुनाफामा १२० प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
स्वरोजगार लघुवित्तको मुनाफामा १२० प्रतिशतले वृद्धि

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ८ करोड ७ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १२० दशमलव ६९ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड ६५ लाख रुपैयाँ कमाएको थियो ।

२६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको स्वरोगारले जगेडाकोषमा १२ करोड ५२ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ६० दशमलव ४८ प्रतिशतले वृद्धि गरी १ अर्ब २५ करोड ५४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ४१ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ३ अर्ब १ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

स्वरोगार लघुवित्तको खुद व्याज आम्दानी ६१ दशमलव ११ प्रतिशतले बढेर २० करोड ३७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३० दशमलव ७६ प्रतिशतले बढेर १२ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । 

स्वरोगार लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ८८ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ७२ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २९ दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव ७२ गुणा, तरलता अनुपात ५ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४६ दशमलव ४६ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस