काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा ५ हजार रुपैयाँसम्म छुट उपलब्ध हुने योजना ल्याएको छ । जसअनुसार दराज, ग्यापु, सस्तो डिल,भोजमाण्डु, फुड बाइट, युजी बजार, खानपिन जस्ता ई–कमर्शहरूबाट विभिन्न सामग्रीहरू खरिद गर्दा एवं Taximandu, Yeti airlines, Sony LIV / Alt Balaji का अनलाईन प्लेटफर्म मार्फत विभिन्न सेवाहरू लिई डेबिट कार्ड, क्रेडिट कार्ड तथा NIC ASIA MoBank मार्फत अनलाईन भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइटबाट अनलाईन खाता खोलि उक्त खाता पूर्ण रुपमा सुचारु भएपश्चात् बैंकले निज ग्राहक महानुभावलाई एसएमएस वा इमेल मार्फत माथि उल्लेखित मर्चेन्टहरु द्वारा प्रदान गरिएको Promo code वा Discount link पठाउने व्यवस्था गरेको छ । बैंकले पठाएको Promo code वा Discount link प्रयोग गरी आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ । यो योजना २०७९ आषाढ मसान्तसम्म लागू हुनेछ । अनलाईन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच बैंकले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्नका निमित्त आकर्षक छुट व्यवस्था गरेको हो ।
यो योजनाबाट लाभ लिनका लागि ग्राहक महानुभावहरुले यस बैंकको वेबसाइट www.nicasiabank.com मार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी सहज रुपमा अनलाईन खाता खोल्ने व्यवस्था गरेको छ । यसरी अनलाईन खाता खोलेपश्चात् ग्राहक महानुभावले आफुलाई पायक पर्ने यस बैंकको शाखा कार्यालयमा गई KYC form भरी आफ्नो अनलाईन खाता पूर्ण रुपमा सुचारु गर्नुपर्नेछ । हाल अनलाईन खाता खोल्ने प्रक्रिया चुनौतिपूर्ण रहेको अवस्थामा बैंकले अनलाईन खाता खोल्न थप सहज होस् भन्ने उद्देश्यले ग्राहक महानुभावहरुलाई missed call बाट नै सहज रुपमा खाता खोल्ने योजना ल्याएको छ । जसअनुरुप ग्राहक महानुभावहरुले ९८०१२२७७५५ मा missed call दिएपश्चात् निजले बैंकबाट अनलाईन खाता खोल्ने लिंक सहितको एसएमएस प्राप्त गर्नुहुनेछ र बैंक प्रतिनिधिले समेत निजलाई सम्पर्क गरी अनलाईन खाता खोल्ने प्रक्रिया बारे विस्तृत रुपमा सहयोग प्रदान गर्ने व्यवस्था रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस