aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नबिल बैंक र वैकल्पिक ऊर्जाबिच नवीकरणीय ऊर्जा आयोजना प्रवद्र्धनका लागि सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ बैशाख २०७९
नबिल बैंक र वैकल्पिक ऊर्जाबिच नवीकरणीय ऊर्जा आयोजना प्रवद्र्धनका लागि सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे । 

सम्झौताका मुख्य विशेषता कुनैपनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण कर्जाको भुक्तानी नभएमा त्यस ऋणमा नवीकरणीय ऊर्जा कोषले २० प्रतिशत सावाँ रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यस अन्तर्गत सुरुमा यस जमानतले १० करोड सम्मको सुरक्षण प्रदान गर्नेछ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्दको वित्तीय संयन्त्र केन्द्रीय नवीकरणीय ऊर्जा कोषले युके एडको सहयोगमा सस्टेनेबल एनर्जी च्यालेन्ज फन्डको स्थापना गरेको छ । एसइसीएफले नवीकरणीय ऊर्जा परियोजनाहरूलाई वित्तीय व्यवहार्यता र दिगो सञ्चालन सुनिश्चित गर्न वित्तीय र प्राविधिक सहायता प्रदान गर्दछ ।

यो सम्झौतासँगै बैंकले दिगो ऊर्जा स्रोतको प्रवद्र्धन गर्ने र नवीकरण ऊर्जामा बलियो लगानी निर्माण गर्ने उदेश्य लिएको छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोष, नेपाल नवीकरणीय ऊर्जा कार्यक्रम तथा बैंकका उच्च पदस्त कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । 


 

प्रतिक्रिया दिनुहोस