aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सर्लाहीको विद्यार्थीलाई एनएमबि बैंकले दियो स्कूल झोला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ बैशाख २०७९
सर्लाहीको विद्यार्थीलाई एनएमबि बैंकले दियो स्कूल झोला

काठमाडौं । एनएमबि बैंकले विद्यार्थिहरुलाई स्कुल झोला वितरण गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेशन र वाग्मती मावि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरिएको हो । 

वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए पुकु दिदी फाउण्डेशनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए ।

बैंकले स्कुल ब्यागहरु, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख पोख्रेलले यस सहकार्यले विद्यार्थी भाईबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।  
 

प्रतिक्रिया दिनुहोस