aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आरएसडिसी लघुवित्तको मुनाफामा ७१ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ साउन २०७६
आरएसडिसी लघुवित्तको मुनाफामा ७१ प्रतिशतले वृद्धि

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ६ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ७१ दशमलव २२ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ३ करोड ७४ लाख रुपैयाँ कमाएको थियो ।

६३ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी भएको आरएसडिसीले जगेडाकोषमा १६ करोड ९२ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा ६६ दशमलव ६६ प्रतिशतले वृद्धि गरी २ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।

आरएसडिसी लघुवित्तको खुद व्याज आम्दानी ७४ दशमलव २८ प्रतिशतले बढेर १२ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६३ दशमलव ७९ प्रतिशतले बढेर ९ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ । 

आरएसडिसी लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव २५ प्रतिशत, जोखिम युक्त सम्पत्ति ३२ दशमलव ०४ प्रतिशत, प्रतिशेयर आम्दानी १० दशमलव १३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव ८६ गुणा, तरलता अनुपात ५ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२६ दशमलव ७१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस