aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एक वर्षमा बैंकको बेसरेट औसत २.१९% विन्दुले बढ्यो, ऋणीलाई मार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ बैशाख २०७९
एक वर्षमा बैंकको बेसरेट औसत २.१९% विन्दुले बढ्यो, ऋणीलाई मार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमासमा आइपुग्दा वाणिज्य बैंकको आधारदर (बेसरेट) २ दशमलव १९ प्रतिशत विन्दुले बढेको छ । गत आवको चैत मसान्तसम्मको तुलनामा वाणिज्य बैंकहरूको बेस रेट चालू आवको सोही अवधिमा बेस रेट वृद्धि भएको हो । गत वर्षको चैत मसान्तसम्म यो यी बैंकहरूको बेस रेट औस ६ दशमलव ९१ प्रतिशत थियो । तर, यो वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरूको बेस रेट औसत ९ दशमलव १० प्रतिशत कायम भएको हो ।
 
बैंकहरूले कर्जा प्रवाह गर्दा आधारदरका आधारमा ब्याजदर तोक्छन् । आधारदर न्यूनतम कर्जाको सीमा पनि हो । बैंकहरूले कर्जाको प्रकृति अनुसार तोकिएको आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप्ने गरेका छन् । 

बैंकको आधारदर बढ्दा त्यसको असर ब्याजदरमा प्रत्येक्ष रूपमा पर्छ । बैंकको आधारदरमा केही प्रतिशत प्रिमियर थपेर कर्जामा ब्याजदर तोक्छन् । कुनै पनि बैंकहरूले आधारदरभन्दा तल झरेर कर्जा दिँदैनन् ।

त्यसले गर्दा पनि अहिले वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको व्याजदर १० प्रतिशतभन्दा तल छैन् । आधारदर बढी भएका बैंकबाट कर्जा लिदा ऋणीलाई ब्याजदर बढी पर्छ । यसले गर्दा ऋणीको लागत बढ्न जान्छ । एक वर्षको अन्तरालमा बैंकहरूको आधारदर निकै बढेको छ ।

चैत मसान्तसम्म आधारदर १० प्रतिशतभन्दा बढी हुनेमा मेगा बैंक र सनराइज बैंक रहेका छन् । गत आवको चैत मसान्तमा मेगा बैंकको आधारदर ७.५९ प्रतिशत थियो भने चालू आवको सोही अवधिमा आइपुग्दा यो बैंकको आधारदर १० दशमलव १० प्रतिशत कायम भएको छ । एक वर्षको अन्तरालमा यो बैंकको आधारदर २ दशमलव ५१ प्रतिशत विन्दुले वृद्धि भएको हो । 

त्यस्तै सनराइज बैंकको आधारदर गत आवको चैत मसान्तमा ७ दशमलव ५९ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा १० दशमलव ११ प्रतिशत पुगेको छ । यो बैंकको पनि एक वर्षको अन्तरालमा आधारदर २ दशमलव ८८ प्रतिशत विन्दुले वृद्धि भएको छ । 
चैत मसान्तसम्म कुन बैंकको आधारदर कति ? 

प्रतिक्रिया दिनुहोस