aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

साढे ६ अर्ब रुपैयाँको आईपीओ निष्काशनको तयारीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
साढे ६ अर्ब रुपैयाँको आईपीओ निष्काशनको तयारीमा

काठमाडौं । विभिन्न २७ कम्पनीले साधारण शेयर आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृतिको पर्खाइमा छन् । सेबोनका अनुसार यसरी प्रतिक्षारत कम्पनीहरुले ६ अर्ब ४५ करोड १४ लाख १५ हजार ४०० रुपैयाँ बराबरको शेयर विक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् ।

आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १६ वटा हाइड्रोपावर, चारवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका छन् । अन्य समूहअन्तरगतमा डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरु रहेका छन् । 

सेबोनबाट प्राप्त जानकारी अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्कासनका लागि तयारीमा रहेको छ । त्यस्तै, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता र अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ३ लाख ९ लाख ७५ हजार र आदर्श अघुवित्त वित्तीय संस्थाको ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्कासनका लागि सेबोनको स्वीकृतिको पर्खाइमा छन् । 

त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ  प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।

त्यसैगरि, डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ । 

सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता र सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासनका लागि पाइप लाइनमा रहेको छ । 

पाइपलाइनमा सबैभन्दा बढी हाइड्रोपावर कम्पनी 
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरुमा मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता, सिलेक्स हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १९ लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । त्यस्तै, स्टर्न हाइड्रोपावर लिमिटेडले १२ करोड ४० लाख बराबरको १२ लाख ४० हजार कित्ता, एशियन हाइड्रोपावर लिमिटेडले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, रसुवागढी हाइड्रोपावर लिमिटेडले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार एक सय कित्ता र पिपुल्स पावर लिमिटेड ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् । 

सेबोनका अनुसार मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता र बाराही हाइड्रोपावरको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर निष्कासन गर्नका लागि पाइपलाइनमा रहेका छन् । 

यस्तै, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २० करोड रुपैयाँ बराबरको  २० लाख कित्ता, सयपत्री हाइड्रोपावर लिमिटेडको ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडको २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता र स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शन लिमिटेडले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । 
 

प्रतिक्रिया दिनुहोस