aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब घट्यो निक्षेप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब घट्यो निक्षेप

काठमाडौं । पछिल्लो हप्ता वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ । वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब निक्षेप घटेको हो । बैशाख २ गतेदेखि ९ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा १० अर्बले निक्षेप घटेको हो ।    

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर बैशाख ९ गतेसम्म आइपुग्दा ४३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ । 

त्यस्तै, यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । यस अवधिमा यी बैंकहरुको कर्जा प्रवाह एक अर्ब रुपैयाँले घटेको हो । बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख ९ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस