aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कुमारी बैंकले पायो नयाँ सिइओ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ बैशाख २०७९
कुमारी बैंकले पायो नयाँ सिइओ

काठमाडौं । कुमारी बैंकमा नै कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रामचन्द्र खनालले  बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी पाएका छन्।  

बैंकको मंगलबारको संचालक समिति बैठकले ४० वर्षे खनाललाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। वित्तीय क्षेत्रमा १० वर्षभन्दा लामो अनुभव भएका खनाल चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। 

गत आर्थिक वर्षको अन्त्यतिर तत्कालिन प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको पदावधि सकिएसँगै कुमारीमा सीईओ पद रिक्त थियो। यसभन्दा पहिला अनुजमणि तिम्लिसिना र मनिष तिम्लिसिनाले बैंकबाट अवकास पाइपछि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए । 

प्रतिक्रिया दिनुहोस